September 25th, 2017

गण्डकी विकास बैंक Best Managed Development Bank Award बाट सम्मानित  

गण्डकी विकास बैंक लिमिटेड Best Managed Development Bank Award बाट सम्मानित  भएको छ । न्यू विजिनेश एज प्रा.लिद्घारा आयोजित चौथो NEW Biz Conclave & Award 2017मा गण्डकी विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । काठमाडौँमा भएको एक भव्य समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले उक्त अवार्ड ग्रहण गरेका थिए ।

यसअघि सविकको फेवा फाइनान्स लिमिटेड(हाल गण्डकी विकास बैंककमा गाभिएको) पनि  Best Managed Finance company of the year 2013 बाट सम्मानित भएको थियो । गण्डकी विकास बैंकमा गाभिएका सविकका फेवा फाइनान्स लिमिटेड, विश्व विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड उत्कृष्ट वित्तीय संस्थाको रुपमा स्थापित  थिए ।

गण्डकीले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५५ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस, मोबाइल बैंकिङ, आस्वा,ECC/IPS सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।  

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड, कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पुर्याएको थियो । बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]