November 14th, 2017

गण्डकी विकास बैंकको नयाँ शाखा विर्तामोडमा

गण्डकी विकास बैंक लिमिटेडले झापा जिल्लाको विर्तामोडमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले उक्त शाखाको औँपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिँदै आइरहेको बताए । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  छविन्द्र शर्माले वैकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको बारेमा प्रकाश पारे । सो कार्यक्रममा उद्योग वाण्ज्यि संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले पनि बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथै एबीबीएस, एटीएम, एसएमएस, मोबाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । 

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पुर्याएको छ । साथै  बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम र एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]