February 8th, 2018

खराब कर्जा न्युनीकरण गर्दै ‘प्रभु बैंक’ 

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले खराब कर्जा न्युनीकरण गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खराबकर्जा शुन्य दशमलव ७६ प्रतिशतले घटेर चार दशमलव १२ प्रतिशत कायम भएको छ । दोस्रो त्रैमाससम्ममा बैंकले ५१ करोड २४ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । आर्थिक वर्षको पहिलो तीन महिना अर्थात कसोज मसान्तमा बैंकको निष्कृय कर्जा चार दशमलव २३ प्रतिशतमा झरेको थियो । 

किष्ट बैंक, ग्राण्ड बैंक जस्ता डुब्न लागेका बैंकलाई गाभेपछि प्रभु बैंकको खराब कर्जा उत्याधिक उच्च रहेको थियो । आर्थिक वर्ष २०७२।७३ मा प्रभु बैंकको खराब कर्जा आठ दशमलव ३८ प्रतिशत रहेको थियो । पछि, एक वर्षको अवधिमा चार दशमलब ०९ प्रतिशत घटाएर निष्कृय कर्जा चार दशमलव २९ प्रतिशत कायम गर्न बैंक सफल भएको थियो । 

किष्ट र ग्राण्ड बैंकको खराब कर्जा उठाएर बैंकले आफूलाई सबल बनाउँदै लगेको छ । खराब कर्जाको अनुपातलाई निरन्तर झारेर बैंकले खुद मुनाफामा क्रमशः प्रगति गर्दै जान थालेको छ भने बैंक्को प्रतिसेयर आम्दानी पनि बढ्न थालेको छ । जसअनुसार, चालू आर्थिक वर्षको दोस्रो त्रैमासमै बैंकको नाफा झन्डै साढे ६३ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १४ प्रतिशतले बढेर २१ दशमलव ५९ रुपैयाँ पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]