December 14th, 2017

के हो प्रतिसेयर आम्दानी ?

बैंकिङ खबर । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । उदाहरणका लागि, यदि कुनै कम्पनीले एक वर्षमा एक अर्ब खुद मुनाफा आर्जन गरेको छ र उक्त कम्पनीको कुल सेयर संख्या १० करोड रुपैयाँ रहेको छ भने उक्त कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ प्रतिकित्ता हुन आउँछ । प्रतिसेयर आम्दानीले सेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप प्रदान गर्दछ । प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]