July 10th, 2016

कृषि र जलविद्युतमा लगानी बढाइने

investनेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत जलविद्युतमा बैंक तथा वित्तीय संस्थाको लगानी बढाउने नीति ल्याई जलविद्युतको क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्न सघाउने भएको छ । राष्ट्र बैंकले केपी ओली नेतृत्वको सरकारको प्राथमिकतामा परेको जलविद्युतलाई मौद्रिक नीतिमार्फत थप सहज बनाउने तयारीस्वरुप मौद्रिक नीति ल्याउन लागेको हो । मुलुकको आवश्यकता र यो क्षेत्रमा कर्जा माग बढेपछि राष्ट्र बैंकले प्राथमिकताका साथ जलविद्युत् क्षेत्रमा लगानी वृद्धिको नीति बनाउन लागेको हो । हाल बैंकहरूले कुल कर्जाको न्यूनतम २० प्रतिशत लगानी उत्पादनशील क्षेत्र (कृषि, ऊर्जा, पर्यटन क्षेत्र र घरेलु तथा साना उद्योग) मा गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । ०७३ वैशाखसम्म वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १५ दशमलव ९९ प्रतिशत मात्र रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
 
श्रोतका अनुसार बैंक तथा वित्तीय संस्थाले जलविद्युतमा कुल कर्जाको १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याउन लागेको छ । यदी जलविद्युतमा कुल कर्जाको १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था आए, उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको लगानी सीमा पनि बढ्नेछ ।

ऊर्जा संकट निवारण कार्ययोजनाले दुई वर्षभित्र लोडसेडिङ पूर्ण रुपमा हटाउने र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त परिमाणमा विद्युत् उत्पादनका गर्नका लागि सरकारले निजी क्षेत्रको लगानी आकर्षित गर्न बैंक तथा वित्तीय क्षेत्रलाई पनि बाध्यकारी व्यवस्था ल्याउन लागिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]