October 6th, 2016

कृषि बीमा के हो ? यो किन चाहिन्छ ?

insuranceनेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । 

कृषकलाई छुट
बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । कृषि बीमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण सहज भएको छ । त्यसको मुल्यांकन पनि हुन्छ । सामान्यतयाः किसानले यसवापत त्यसको ५ प्रतिशत प्रिमियम तिर्नुपर्छ ।  

भुक्तानी पाइने र नपाइने अवस्था
बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैँले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै कभर गर्छ ।

कृषि बीमासम्बन्धि समस्या र समाधान
सरकार र कृषिको क्षेत्रमा काम गर्ने संस्थाले अनेक ढंगले कृषकलाई सहयोग गर्ने नीति लिएको छ । सोहि अनुरुप कृषि बीमाको अवधारणा आएको हो । कृषकले पालेका पशु तथा बालीको बीमा भएको खण्डमा कृषिको लगानि बढ्ने संभावना पनि रहन्छ । यसप्रकारका सन्देश आम कृषकसमक्ष पुराउनको लागि एकखाले मेकानिजम तयार पार्नुपर्ने देखिन्छ । अहिले किसान अगुवाहरूले बीमाका लागि छुट्याइएको रकममा किसानको पहुँच नहुनु, बीमा गराउँदा प्राविधिक कठिनाइ उत्पन्न हुनु, बीमा कम्पनीको पहुँचभन्दा धेरै टाढा हुनुलगायत कारणले किसानहरु बीमा अभियानमा सरिक हुन नसकेको बताउँछन्  । यद्यपी यसको प्रक्रिया त्यति झन्झटिलो छैन । र सेवाको हिसाबले हेर्ने हो भने पनि तुरुन्त सेवा पाउने किसीमको छ । 

‘सरकारले कृषकलाई जागरुक बनाएर बीमा गर्न पठाउने किसीमको वातावरण तयार पार्नुपर्छ । आगलागी, चट्याङ, बाढी पहिरो, हिउँ, असिना र तुसारो लगायतका प्राकृतिक प्रकोपले बाली तथा पशुपंक्षीमा क्षति पुराएमा क्षतीपुर्ती पाइन्छ, भन्ने सम्मको आधारभूत ज्ञान कृषकसम्म पुराउन र चेतना अभिवृद्धिका साथै व्यापक रुपमा प्रचार प्रसार गरेर कृषकलाई कृषि बीमा गराएमा त्यो स्वयम् कृषकको हितमा हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]