January 28th, 2018

कालिका पावर कम्पनीले आईपिओ जारी गर्दै, माघ २१ देखि आवेदन खुल्ने

बैंकिङ खबर । कालिका पावर कम्पनीले माघ २१ गतेदेखि आयोजना प्रभावितको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्रका वासिन्दाको लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कशन गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रको लागि ४० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता र गोरखा जिल्लाका अन्य क्षेत्रका बासिन्दाको लागि ६० प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता छुट्टाइएको छ । 
 
सेयरमा छिटोमा फागुन ६ गतेसम्म र ढिलोमा २१ गतेसम्म आवेदन दिन पाइने बताइएको छ । दरखास्त दिँदा न्युनतम १० देखि अधिकतम ३ हजार कित्तासम्मको लागि पाइने कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केटले जनाएको छ । गोरखा जिल्लाको आयोजना स्थल चनौटे गोरखा र  साग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लामा रहेका शाखाहरुबाट आवेदन दिन पाइनेछ ।

सेयर बाँडफाँड भएको तीन बर्षसम्म बिक्री गर्ने नपाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आइपिओले इक्रा रेटिङ ४ पाएको छ ।
 
कम्पनीको पूँजी संरचना संस्थापक सेयरधनीहरुको ७० प्रतिशत आयोजना प्रभावित वासिन्दाको १० प्रतिशत सर्वसाधारण सेयरधनीहरुको २० प्रतिशत रहेको छ । कम्पनीको जारी पूँजी ८५ करोड रुपैंयाँ छ भने चुक्ता पूँजी स्थानीय तथा सर्वासाधारण सेयर जारी गरेपछि ६० करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]