January 18th, 2017

काठमाडौँको पुरानो बानेश्वरमा लक्ष्मी बैंकको शाखा

लक्ष्मी बैंक लिमिटेडले काठमाडौँको पुरानो बानेश्वरमा नयाँ शाखा स्थापना गरी बुधबारदेखि सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाभित्र लक्ष्मी बैंकको यो १६ औँ शाखा हो । यससँगै, लक्ष्मी बैंकको शाखा संजाल ६५, ३ विस्तार काउन्टर र ८१ एटिएम पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसायकर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको बैंकको दाबी छ । 

आगामी दिनहरुमा बैंकले थप शाखा विस्तार गरी मुलुकभर आफ्नो शाखा पुर्याउने लक्ष्य लिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]