November 6th, 2017

कर छलीसँग सम्बन्धित अर्को पेपर लिक, धनाढ्यहरु फन्दामा

बैंकिङ खबर । पानामा पेपर्स लिक भएको १८ महिना पनि नबित्दै कर छलीसँग सम्बन्धित अर्को पेपर लिक भएपछि धनाढ्यहरु फेरि फन्दामा परेका छन् । अमेरिकास्थित खोज पत्रकारहरुको अन्तरराष्ट्रिय कन्सोर्टियम (आईसीआईजे)ले बर्मुडास्थित कानून कम्पनी एप्पलबायका एक करोड भन्दा धेरै दस्तावेज सार्वजनिक गरेका हुन् । 

प्याराडाइज पेपर्स नाम दिइएको दस्तावेज चुहावटले विश्वका धनी र शक्तिशाली मानिसहरुले कर छल्न आफ्नो सम्पत्ति कसरी ट्याक्स हेभनमा लगानी गरिरहेका छन् भन्ने कुराको खुलासा गरेको छ । यसमा बेलायती रानी एलिजावेथ द्वितीय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कयौं मन्त्रीहरु, क्यानडेली प्रधानमन्त्री जष्टिन टुडोका प्रमुख फण्डरेजर, भारतका उड्डयन मन्त्री जयन्त सिन्हा, कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोस, आइरिस गायक बोनो र अमेरिकी गायिका म्याडोना लगायत एक सय २७ जना उच्च पदस्थ र लोकप्रिय व्यक्तित्वहरुको नाम मुछिएको छ । विश्वका एक सय ८० देशका मानिसहरुको नाम यसमा मुछिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]