February 9th, 2018

कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट फुकुवा, दुई वर्षभित्र पुँजी पुर्याउनुपर्ने 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्तबाट फुकुवा गरेको छ । बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले माघ १८ गते समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०७१ साल पुस ४ गते समस्याग्रस्त घोषणा गरी आफ्नो निगरानीमा राखेको थियो । समस्याग्रस्त घोषणा गरेको चार वर्षपछि राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई शसर्त फुकुवा गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]