June 18th, 2016

करोडौँ ट्विटर एकाउन्ट ह्याक भइरहेको छ, ह्याकरको समस्याबाट यसरी बच्नुस्

twitterमाइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ता फेरि असुरक्षाको घेरामा परेको खुलासा भएको छ । ह्याकरको एउटा समूहले ३ करोड २० लाख भन्दा बढी ट्विटर प्रयोगकर्ता एकाउन्ट ह्याक गरेको पत्ता लागेको छ । यति मात्र हैन, उनीहरुले सो एकाउन्ट ह्याक गरि व्यक्तिगत विवरण कालो बजारमा बिक्री समेत गरिरहेका छन् । तर तेसा ८८ नामको ह्याकर समूहले तीन करोड २ लाख ट्विटर प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको दाबी गरेको छ । लिक लगइन डिट्यल्सको सर्च इन्जिन मानिने लिक्डसोर्सका अनुसार उसँग ट्विटरका ३ करोड २० लाख प्रयोगकर्ताको विवरण छ । यो वेबसाइटका अनुसार सबै विवरण वास्तविक हो । ह्याक भएकामध्ये १५ वटा अकाउन्ट ट्विटर भेरिफाइड समेत परेका छन् । लिक्डसोर्सले भनेको छ, ’तीन करोड २८ लाख प्रयोगकर्ताको विस्तृत रेकर्डमा इमेल आइडी, पासवर्ड समेत प्राप्त भएको छ ।’ यता, ट्विटरले आफ्नो सिस्टमबाट कुनै सूचना नचोरिएको दाबी गरेको छ । ’सबै प्रयोगकर्ता सुरक्षित छन्’, ट्विटरले भनेको छ । रोयटर्सकाअनुसार ट्विटरले अकाउन्ट ह्याक भएको अस्वीकार गरेको छ उसले भनेको छ, ’प्रयोगकर्ताको कुनै पनि विवरण ह्याक भएको छैन ।’

कसरी बच्ने ह्याकरबाट ?
हामीले आफ्नो एकाउण्ट सुरक्षित छ वा छैन भनेर बेलाबेलामा चेक गर्नुपर्छ । आफ्नो इमेल आइडी ह्याव आई विन पिउन्ड भन्ने वेव साइटमा हालेपछि त्यसले हाम्रो डाटाहरु ह्याकरहरुले प्रयोग गरिरहेको छ वा छैन हेर्न सकिन्छ । यदि हाम्रो एकाउण्ट कसैले प्रयोग गरेको छ भने पासवर्ड परिवर्तन गर्नु पर्छ । त्यसो त समयसमयमा पासवर्ड परिवर्तन गरिरहनु सुरक्षा दृष्टिले उत्तम मानिन्छ । तर पासवोर्ड परिवर्तन गर्दा कतै अरु एकाउण्टमा त्यही पासवर्ड प्रयोग गरेको छ वा छैन भन्नेमा पनि विश्वस्त हुनुपर्छ । एउटै पासवर्ड धेरै वेभसाइटमा प्रयोग प्रयोग गर्दा ह्याकरलाई सहज हुने सम्बन्धित विज्ञहरु बताउँछन् । आफ्नो लगइन सूचना राख्न लास्टपास जस्ता पासवर्ड म्यानेजर राख्नुपर्छ । सम्भव भएसम्म हामीले कुनै एकाउण्ट खोल्नु भन्दा पहिले हाम्रो मोवाइलमा सेक्युरिटी कोड पठाइदिने दुई तहको भेरिफिकेशन प्रक्रिया अपनाउनुपर्छ । ह्याक हुन सक्ने धेरै सामाजिक संजाल लिंगलेड, ट्विटर र जिमेलले पनि यही प्रक्रिया अपनाएका छन् । ह्याब आई विन पिउन्डका निर्माणकर्ता ट्रोय हण्टले आफ्नो एकाउण्ट सुरक्षित राख्न पासवर्ड म्यानेजर निकै प्रभावकारी भएको बताएका छन् । ह्याक गर्ने साइटहरुले हाम्रो महत्वपूर्ण डाटाहररु थाहा पाउन सक्ने र दुरुपयोग गर्न सक्ने भन्दै उनले यसको प्रयोग गर्नुपर्ने बताएका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]