May 31st, 2017

कन्काई विकास बैंकले ३२ लाख कित्ता हकप्रद सेयर जारी गर्ने

कन्काई विकास बैंक लिमिटेडले एक बराबर २.१४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । 

कन्काईले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँ बराबरको ३२ लाख १० हजार कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल कन्काई विकास बैंकको चुक्तापुँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]