March 21st, 2016

ओर्लियो शेयर बजार, ९७ करोडको कारोबार

economic 2सोमबार शेयर बजारमा ९७ करोड माथिको कारोबार भएको छ । दिनभरिमा १ सय २७  वटा कम्पनिको १९ लाख ३२ हजार ६ सय ६१ कित्ता शेयर ४ हजार ५ सय ६५ पटक किनबेच हुँदा ९७ करोड ७ लाख १२ हजार ८ सय ७२ रुपैँया बराबरको शेयर कारोबार भएको हो । नेप्से परिसूचक १.८६ अंकले घटेर १३४२.०७ अंकमा सिमित भएको छ । 

नेशनल हाइड्रोपावरको सबैभन्दा धेरै १२ करोड ८७ लाख २७ हजार ६ सय ३० रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ९ करोडमाथिको कारोबार भएको छ भने नेपाल बैँकको ८ करोडमाथिको कारोबार भएको छ । सानिमा बैँकको ५ करोडमाथिको शेयर कारोबार भएको छ भने एनएमबी बैँक र सिटिजन बैँकको ४ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैँक र ग्रामीण विकास बैँकको २ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेका अनुसार, बरुण हाइड्रोपावरका लगानीकर्ताले सोमबार सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनिका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, मिसन डेभलपमेन्ट बैँक, यति डेभलपमेन्ट बैँक, फेवा विकास बैँक, अल्पाइन डेभलपमेन्ट बैँक लगायतले पनि धेरै कमाएका छन् । हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतभन्दा बढी सम्पत्ति गुमाएका छन् । भक्तपूर फाइनान्स, नयाँ नेपाल लघुवित्त विकास बैँक, मन्जुश्री फाइनान्स, सांग्रीला डेभलपमेन्ट बैँक, समिट माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतले पनि धेरै गुमाएका छन् । 

वीमा, जलविद्युत् र अन्य समूहले सोमबारको शेयर बजारलाई ओरालेका छन् । वीमा समूह २७.५९ अंकले घटेको छ भने जलविद्युत् र अन्य समूह क्रमशः २२.०१ र ९.३९ अंकले घटेका छन् । त्यस्तै, होटल समूह सबैभन्दा धेरै १०.१७ अंकले बढेको छ । विकास बैँक, फाइनान्स र वाणिज्य बैँक समूह क्रमशः २.३९, १.८५ र ०.२८ अंकले बढेको नेप्से तथ्यांक छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]