February 15th, 2017

ओरिएण्टल इन्स्योरेन्सको मुनाफामा २७ प्रतिशत गिरावट

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी ओरिएण्टल इन्स्योरेन्स कम्पनीे लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ३१ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ओरिएण्टलले नौ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको जगेडा तथा कोष १४ करोेड ८५ लाख रुपैयाँ नेगेटिभमा रहेको भने बीमा कोषमा ३७ करोड आठ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी २७ प्रतिशतले घटेर आठ करोड २३ लाख रुपैयाँ पुगेको छ भने खर्च १७ प्रतिशतले घटेर एक करोड १० लाख रुपैयाँ रहेको छ । बीमाशूल्क वापत ३८ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको कम्पनील २१ करोड २३ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । यो अवधिमा नौ हजार सात सय ५६ वटा बीमालेख जारी गरेको कम्पनीले छ सय ९० वटा दाबी भुक्तान गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]