February 15th, 2017

एशियन लाईफ इन्स्योरेन्सका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने, साथमा हकप्रद पनि 

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ । साथमा बोनस सेयर जारी गरेपछि कायम हुने पुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १०८औँ बैठकले सो निर्णय गरेको हो । उक्त बोनस र हकप्रद सेयर वितरण गर्नेसम्बन्धी प्रस्ताव बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै जारी गरिनेछ । 

हाल एशियन लाईफ इन्स्योरेन्सको चुक्तापुँजी ६७ करोड १३ लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर जारी गर्दा कम्पनीको चुक्तापुँजी ८० करोड ५५ लाख रुपैयाँ पुग्नेछ । सो पुँजीको ५० प्रतिशत हकप्रद सेयर समेत जारी गर्दा कम्पनीको चुक्तापुँजी एक अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]