December 28th, 2017

एलआईसी नेपालद्वारा मृत्यु दावी भुक्तानी

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) ले आफ्नो कम्पनीका बिमितका परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मंगलबार कपिलवस्तु वोदारि–७ का मृतक राम धनी बानियाँकी श्रीमती राधादेवी कसौंधनलाई मृत्यु दावी आज वापत १ करोड १८ लाख २५ हजार ९ सय ७५ रुपैंयाको चेक हस्तान्तरण गरेको हो । 

उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिजित घाष दस्तिदारले मार्के्टिङ डिपार्टमेण्ट प्रमुख स्मृतिराज कंडेल, तौलिहवा शाखा प्रमुख सुरेन्द्र कुमार कर्ण, गुल्मी शाखा प्रमुख तिर्थ राज आचार्य, नेपाल पत्रकार महासंघ तौलिहवा तथा विभिन्न सञ्चार माध्यमका पत्रकार लगायतको उपस्थितिमा हस्तान्तरण गरे । शिवशक्ति चामल उद्योगका सञ्चालक मृतक बानियाँले सुरुमा १ लाख र २ बर्ष पहिला मात्र थप १ करोडको जीवन बिमा गरेका थिए । स्वर्गीय बानियाँका १ छोरा र ३ छोरीहरु रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]