November 4th, 2016

एलआईसी नेपालको आम्दानी घट्दा खर्च बढ्यो, तीन महिनामा ८५ लाख नाफा

lic-nepalलाईफ इन्स्योरेन्स कपोरेशन (एलआईसी) नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ दशमलव १५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एलआईसीले १ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

आम्दानी १७ दशमलव २४ प्रतिशतले घट्दा खर्च २७ दशमलव १५ प्रतिशतले बढेपछि कम्पनीको नाफामा गिरावट आएको हो । यो अवधिमा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेर १ करोड ४६ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । 

१ अर्ब ६ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १८ करोेड ८५ लाख रुपैयाँ र जीवन बीमाकोषमा २८ अर्ब ४० करोड १७ लाख रुपैयाँ राखेको जनाएको छ । यो अवधिमा कम्पनीले बीमा शुल्क (खुद) १ अर्ब ७७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ, जबकी अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै चालू आवको पहिलो तीन महिनामा कम्पनीले २५ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी (खुद) गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड २९ लाख रुपैयाँ दाबी भुक्तान गरेको थियो । 

कम्पनीको प्रतिशेयर आम्दानी शुन्य दशमलव ८ प्रतिशत, मुल्य आम्दानीको अनुपात ४ सय २९ गुणा र प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव ५४ रुपैयाँ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]