January 17th, 2017

एभरेष्ट फाइनान्सको नाफा ९१.९१ प्रतिशतले बढ्यो

एभरेष्ट फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ९१.९१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

१५ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले निक्षेपमा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १० दशमलव ७७ प्रतिशतले वृद्धि गरी एक अर्ब ३२ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ । यो अवधिमा कम्पनीले कर्जा लगानी एक अर्ब २० करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । 

फाइनान्सको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा ३७ दशमलव ९४ प्रतिशतले बढेर ३ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा ९१ दशमलव ७६ प्रतिशतले बढेर दुई करोड २१ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा ०.५४ प्रतिशत र जोखियुक्त सम्पत्ति १५.४६ प्रतिशत रहेको फाइनान्सले प्रोजिभनमा ५३ लाख रुपैयाँ राखेको छ भने जगेडा कोषमा तीन करोड ९४ लाख रुपैयाँ राखेको छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ १ सय २५ दशमलव ०४ रुपैयाँ, तरलता अनुपात २७ दशमलव ६४ प्रतिशत र मुल्य आम्दानीको अनुपात २१ दशमलव २२ गुणा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]