December 14th, 2017

एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले कति पाउने भए बोनस सेयर ?

बैंकिङ खबर । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । 

एभरेष्टले ७२ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेर चुक्तापुँजी ८५ करोड रुपैयाँ पुर्याउँदै छ । बीमा समितिको निर्देशनअनुसार, आगामी असार मसान्तभित्रै एक अर्ब चुक्तापुँजी पुर्याउनका लागि कम्पनीले बोनस सेयर प्रस्ताव गरेको हो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]