September 30th, 2016

एफपिओ निष्काशनका लागि नेपाल लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा निवेदन

nepal lifeनेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शेयर अर्थात एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले करिब ३१ लाख कित्ता एफपिओ जारी गर्न गत बोर्डमा आवेदन दिएको हो । कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो । तर नेपाल लाइफले एफपिओ जारी गर्ने आवेदन पत्रका साथ आवश्यक कागजात नबुझाएको धितोपत्रबोर्डले आफ्नो सूचनामा उल्लेख गरेको छ । 

यसअघि एफपिओ निष्काशनको अन्तिम चरणमा पुगेको कम्पनीले आफु खुशी मूल्य निर्धारण गरेको भन्दै धितोपत्र बोर्डले एफपिओ निष्काशनमा रोक लगाएको थियो ।

नेपाल लाइफको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]