February 7th, 2018

एनआईसी एशिया बैंकले सुरु गर्यो सी-आस्वा सेवा

एनआईसी एशिया बैंक लिमिटेडले सी—आस्वा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा मिति २०७४/११/११ बाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । उक्त प्रणाली मार्फत आवेदन दिँदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई समयमै सी—आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले मंगलबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

अब यस बैंकका ग्राहक महानुभावहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई सी—आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् । 

यो सेवा सञ्चालनमा आएसँगै ग्राहक महानुभाबहरुले बैंकबाट सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी—आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बंैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]