June 19th, 2017

एनआईसी एशिया बैंकको ९२औँ शाखा दाङ्गको घोराहीमा 

एनआईसी एशिया बैंकले आफ्नो ९२ औं शाखा दाङ्ग जिल्ला स्थित घोराहीमा विस्तार गरेको छ । सोमबार (असार ५ गते) एक समारोहका बिच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले विधिवत् रुपमा उक्त शाखाको समुद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भइसकेको बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]