April 16th, 2017

एनआईसी एशिया बैंकको ‘समुन्नती बचत खाता’ संचालनमा

एनआईसी एशिया बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले ‘समुन्नती बचत खाता’ नामक नयाँ खाता संचालनमा ल्याएको हो । सर्वसाधारण जनतालाई बचत खाता मार्फत अधिकतम व्याज उपलब्ध गराउने उद्देश्यका साथ नयाँ बचत खाता संचालना ल्याएको बैंकले जनाएको छ । शुन्य मौज्दातमा वार्षिक ८% ब्याज दिई शुरुवात गरिएको यस बचत खातामा शून्य मौज्दात वार्षिक ८% ब्याजदर, निःशुल्क डेबिट कार्ड, निःशुल्क एस एम एस र इन्टरनेट बैंकिङ्ग, दैनिक ५ लाख रुपैयाँ सम्म निःशुल्क एबिबिएस तथा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुट  लगायतका सुविधाहरु रहेको बैंकले जनाएको छ । 
पुँजी, वासलात र शाखाको आधारमा वाणिज्य बैंकहरु मध्येको अग्रणी स्थानमा रहेको यस एन आई सी एशिया बैंकले सबै वर्ग, उमेर समुह, पेशा तथा लिङ्गलाई समावेश गरी आफ्ना विभिन्न बंैकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको  छ । एन आई सी एशिया बैंक प्रतिभा, पारदर्शिता, व्यावसायिकता तथा सेवामा उत्कृष्टतामा विश्वास राख्दै बैंकका सम्पुर्ण कार्यहरुमा यी अमुल्य अवधारणाहरुलाई आत्मसात गर्दै लगिरहेको छ जुन यस बैंकले गर्ने हरेक कार्यमा प्रतिविम्वित हुन्छ । हाल यस बैंकले देश भरि छरिएर रहेका आफ्ना १०२ शाखा मार्फत उत्कृष्ट बैकिङ्ग कारोबार सञ्चालन गरेको र निकट भविष्यमा थप शाखा सञ्चालन गर्ने उद्देश्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]