January 10th, 2018

एनआईसी एशिया डिबेन्चर २०८१/८२को बाँडफाँड सम्पन्न

तीन अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया डिबेन्चर २०८१/८२को बाँडफाँड मंगलबार सम्पन्न भएको छ । नौ प्रतिशत व्याजदर तोकिएको सात वर्षे अवधिको उक्त डिबेञ्चर पुस ३ गतेदेखि २१ गतेसम्म विक्री गरिएको थियो । बैंकिङ्ग क्षेत्रमा तरलता एवं व्याजदरको तीव्र उतारचढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाई पूरै रु.३ अर्ब रुपैयाँ बराबरको सम्पूर्ण डिबेन्चरका लागि आवेदन परेको बैंकले जानकारी दिएको छ । 

विगतको दशकदेखि बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिन्छ । नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ । यसले देशको पूँजी बजार विकासमा सकारात्मक टेवा पुर्याउने अपेक्षा गरिएको छ । 

निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिनेछ, जस पश्चात दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिनेछ । डिबेन्चरको व्याज अर्धवार्षिक रुपमा प्राप्त गर्न सकिनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]