July 12th, 2016

एडीबीको लगानीमा यसरी विकसित हुँदैछ सुदुरपश्चिम

Dhangadhiएसियाली विकास बैंक (एडीबी) ले सुदुरपश्चिमका ४ वटा नगरपालीकालाई नमुना सहरी क्षेत्रको रुपमा विकास गर्ने भएको हो । एडीबीले १० अर्बको लगानीमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका धनगढी, अत्तरिया, झलारी र भिमदत्त गरी चारवटा नगरपालिकालाई नमुना सहरको रुपमा विकास गर्ने भएको हो । आफ्नो क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत नमुना सहर बनाउन लागेको एडीबीले जनाएको छ ।

एडिबीले कैलाली कञ्चनपुरका चारवटा नगरपालिकाको समग्र अध्यायन गरिसकेको जनाएको छ । जसअनुसार आर्थिक, सामाजिक विकाससँगै वातावरणीय सुधारका लागि भौतिक निर्माणमा लगानी गर्ने सहमति अनुरुप डिजाईन समेत तयार पारिसकिएको छ । आगामी अगष्टबाट काम सुरु हुने एडिवीले जनाएको छ । अधिकांश काम पाँच वर्ष भित्रै पूरा हुने गरी आयोजनाको अवधि भने २५ वर्षको रहने जनाइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]