September 22nd, 2017

एक वर्षमा रानीमहल सहकारीको कारोबार पाँच करोड पुग्यो

रामपुर (पाल्पा) । रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले गत आर्थिक वर्षमा रु पाँच करोड २७ लाख ३५ हजार १४१ बराबरको कारोबार गरेको छ । गत आवमा रु तीन करोड ९० लाख ९१ हजार ७५० निक्षेप संकलन रु तीन करोड २५ लाख ८४ हजार निक्षेप फिर्ता, रु चार करोड २० लाख ऋण लगानी गरेको लेखा संयोजक चिरञ्जीवी शर्मा ढुंगानाले बताए ।

संस्थाले रु २० लाख ५३ हजार २४४ नाफा गरेकामा रु १३ लाख ५९ हजार ४१ खर्च गरी रु पाँच लाख ५५ हजार ६३६ खुद नाफा गरेको छ ।

सहकारीको आगामी कार्यक्रममा सेयर पूँजी वृद्धि गर्ने, नगरपालिकाभित्रका सहकारीसँग सहकार्य गरी काम गर्ने, सेयर सदस्यलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, संस्थाका सेयर सदस्यले तालीम माग गरेमा तत्काल सञ्चालन गर्ने, नियमित ऋणको कारोबार गर्ने सेयर सदस्यलाई ब्याजदरमा ०.५ प्रतिशत छुट दिने, एकमुष्ट रकम जम्मा गर्ने शेयरधनीलाई विशेष सम्मान गर्ने अध्यक्ष भूगोलप्रसाद वैजुले बताए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]