January 25th, 2018

एक महिनापछि मात्रै सि-आस्वा अनिवार्य गर्न धितोपत्र बोर्डको निर्देशन

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले सी-आस्वा (केन्द्रिकृत) प्रणालीलाई एक महिनापछि मात्र अनिवार्य गर्न सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ । सीडीएससीले मंगलबारदेखि नै सी-आस्वा अनिवार्य लागू गरेको जानकारी गराएको थियो ।

बैंक तथा वित्तीय संस्थाले सी-आस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । हाल बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिब दुई हजार पाँच सय शाखाबाट नेपालभरी आस्वा सेवा लागू भइरहेको छ । सी-आस्वाको सदस्यता भने २५ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै लिएका छन् । आस्वा संचालन गरिरहेका तर सी-आस्वाको सदस्यता नलिएका बैंकका शाखाहरुलाई सिआस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डको भनाई छ ।

बोर्डले लगानीकर्तालाई सी-आस्वा रजिष्ट्रशन नम्बर प्राप्त गर्ने समय दिनुपर्ने व्यवहारिक पक्ष तथा लगानीकर्ता, आस्वा सदस्य तथा अन्य सम्बन्धित सरोकारवालाको गुनासालाई समेत दृष्टिगत गरी अनिवार्य रुपमा यस प्रणाली मार्फत दरखास्त दिन एक महिनाको समय उपलब्ध गराउन पनि सीडीएसलाई निर्देशन दिएको छ ।

सी-आस्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]