June 25th, 2017

एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा गत असार ४ गते नै निवेदन दिइसकेको छ । 

एक्सेलले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २२ लाख ८१ हजार दुई सय ५० रुपैयाँ बराबरको १९ लाख २२ हजार आठ सय १२ दशमलव ५० कित्ता सेयर निष्काशन गर्ने अनुमति माग गरेको छ । बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३८ करोड ४४ लाख रुपैयाँ छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५७ करोड ६६ लाख रुपैयाँ नाघ्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]