July 20th, 2016

उत्पादनशील क्षेत्रमा बैंकिङ लगानी १६ प्रतिशत

investmentउत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जाको उपयोग बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ५२ करोड रुपैयाँ पुनरकर्जाको उपयोग भएको छ । जसमध्ये, ६ अर्ब २२ करोड रुपैयाँ साधारण पुनरकर्जा प्रयोग भएको भने १ अर्ब ३० करोड रुपैयाँ निर्यात पुनरकर्जा उपयोग भएको बताइएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ ४ अर्ब ७५ करोड रुपैयाँ र निर्याततर्फ २ अर्ब ६९ करोड रुपैयाँ गरी कुल ७ अर्ब ४४ करोड रुपैयाँ पुनरकर्जा उपयोग भएको थियो । 

त्यसैगरी, भूकम्प पीडितहरूलाई राहत प्रदान गर्न यस बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ जेठ मसान्तसम्म २ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले जनाएअनुसार, वाणिज्य बैंकहरूले उत्पादनशील क्षेत्रमा कुल कर्जाको अनुपात १६.८३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले यस्तो क्षेत्रमा २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था गरेकोमा सो हुन नसकेको हो । २०७२ चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको ५.५३ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जाको अनुपात ५.०८ प्रतिशत थियो । तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था अन्र्तगत २०७२ चैत मसान्तसम्ममा २३४२ जना किसानहरूलाई १ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले ४ करोड १९ लाख रुपैयाँ ब्याज अनुदान प्राप्त गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]