September 20th, 2017

इलाम र फिक्कलमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार 

सिद्धार्थ बैंक लिमिटेडले इलामको इलाम बजार र फिक्कलको फिक्कल बजारमा नयाँ शाखा विस्तार गरेको छ । असोज ४ गते बुधबार एक विशेष समारोहका बीच बैंकले दुवै शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । इलाम शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख महामहिम इनग्रीड ड्हाल मेडसन तथा बैंकका अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रुपमा गरे भने फिक्कल शाखाकोे उद्घाटन बैंकका अध्यक्ष केडियाले गरे ।

बैंकले यी शाखाहरु उन्नति एक्सेस टु फाइनान्स कार्यक्रम अन्तर्गत UNCDF सँगको सहकार्यमा स्थापना गरेको हो । बैंकको यी शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवाका उपलब्ध हुने जानकारी गराएको छ । यी शाखाहरु मार्फत् बिपन्न वर्गको उत्थानकालागि लघु बैंकिङ्ग सेवा र शाखारहित बैंकिङ्ग सेवालाई विशेष प्राथमिकता दिने बैंकले जनाएकोे छ ।

यस शाखा सहित बैंकले देशभरि रहेका आफ्ना ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर ९९ ATM, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी POS मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]