June 22nd, 2017

आरम्भ माइक्रोफाइनान्सकोे बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न 

arambha[/caption]काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित केन्द्रिय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चालु आ.व. २०७३÷०७४ को कार्यक्रम समीक्षा तथा आगामी आ.व. २०७४÷०७५ को लागि वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न भएको छ । धुलीखेल तालिम केन्द्र, धुलीखेल काभे्रपलाञ्चोकमा जेष्ठ ६ र ७ गते २ दिनसम्म संचालित गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले छोटो समयमा नै संस्थाले हासिल गरेको उत्साहजनक उपलब्धीको लागि सबै कर्मचारीहरुप्रति आभार प्रकट गर्दै सकारात्मक सोचका साथ उच्च मनोवल कायम राखि कार्यक्रमको गुणस्तरमा ध्यान दिई कार्य सम्पादन गर्न सबै शाखा प्रबन्धकहरुलाई निर्देशन दिए । विभागिय प्रमुख सुवास मणी बस्ताकोटीले आ.व. २०७४÷०७५ को कार्यक्रम तथा बजेटको बारेमा प्रस्तुति दिएका थिए । गोष्ठीको सहजीकरण संस्थाका प्रवन्धक पुष्कर घिमिरेले गर्नुभएको थियो । गोष्ठीमा १६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति रहेका थियो ।

१५ वटा पहाडि जिल्लाहरु मात्र कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले २०७४ जेष्ठ मसान्त सम्म विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई न्यून आय भएका, पिछडिएका तथा विपत्र वर्गका करिब ८,८१६ घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरेको छ । संस्थाले यस अवधीसम्म रु. ३ करोड ५१ लाख ४ हजार बचत संकलन गरी हालसम्म रु. ५२ करोड २ लाख लगानी गरेको छ भने, करिव रु. २३ करोड ९५ लाख असूली गरी संस्थाको लगानीमा बाँकी रहेको कर्जा रकम रु. २८ करोड ७ लाख रहेको छ ।

शुरु चुक्ता पुंजी १ करोड २ लाख बाट स्थापित यस वित्तीय संस्थाले आफनो पुंजी वद्धि गरी २ करोड ४ लाख पुरयाइसकेको छ भने हालै मात्र विशेष साधारण सभा मार्फत चुक्ता पुंजी रु. ३ करोड ४ लाख पुरयाउने कार्य अन्तिम चरणमा पुगेको छ । यस संगै संस्थाको जारी पुंजी ६ करोड हुनेछ भने अधिकृत पुंजी १२ करोड रहनेछ । साथै संस्थाले आगामि आर्थिक वर्ष भित्र २ लाख ९४ हजार कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने प्रकृया पनि अघि बढाएको छ । संस्थाले निकट भविश्यमै थप ४ वटा शाखा खोली शाखा संख्या २० पुरयाउने योजना बनाएको छ भने पुंजी वृद्धि संगै थप जिल्लाहरुमा समेत आफनो कार्यक्षेत्र विस्तार गर्ने योजना समेत बनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]