February 12th, 2017

आरम्भ माइक्रोफाइनान्सको ‘केन्द्र प्रमुख गोष्ठी’ सम्पन्न

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मेलम्ची शाखाले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको शाखा कार्यालयले शनिबार (माघ २९ गते) उक्त गोष्ठी सम्पन्न गरेको हो । 

सोही वित्तीय संंस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा उक्त कार्यालय अन्र्तगतका केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समसामयिक विषय र ग्राहक सदस्यहरुको सुझाव लिने अभिप्रायले आयोजित गोष्ठीमा बार्षिक मुल्याङ्कनको आधारमा प्रथम, द्घितिय र तृतिय हुने केन्द्रलाई प्रमुख अतिथि आचार्यले नगदसहित प्रमाणपत्र वितरण गरेका थिए । 

संस्थाले २०७३ माघ मसान्तसम्म १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई करिब ६,९०० भन्दा बढि घर परिवारलाई लघुवित्त वित्तीय सेवाहरु प्रदान गरेको छ । यस अवधिमा संस्थाले १ करोड ८९ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म रु. ३३ करोड २९ लाख लगानी गरेको छ भने, करिव रु. ११ करोड ८३ लाख असूली गरी संस्थाको लगानीमा बाँकी रहेको रकम रु. २१ करोड ४६ लाख रहेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]