January 12th, 2017

आरम्भ माइक्रोफाइनान्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न भएकोे छ । साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ । साथै, चालू आर्थिक वर्ष ०७३/०७४ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेका साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

आरम्भ माइक्रोफाइनान्सले विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई करिब ६००० भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरिरहेको छ । संस्थाले हालसम्म १ करोड ५१ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म रु. २७ करोड ४३ लाख लगानी गरेको छ । झन्डै ९ करोड ४० लाख रुपैयाँ लगानी असूली गरेको संस्थाको लगानीमा बाँकी रहेको रकम रु. १८ करोड ३ लाख रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]