May 16th, 2017

आधा दर्जन वित्तीय संस्थामा रोजगारीको अवसर, छुटाउनुहोला है !

आधा दर्जन वित्तीय संस्थाले कर्मचारी माग गरेका छन् । एउटा विकास बैंक, दुई वटा फाइनान्स र तीन वटा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेका हुन् ।

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले केही संख्यामा अधिकृत र जुनियर सेन्टर मेनेजर माग गरेको हो । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ ३ गतेभित्र आवेदन फारम बुझाइसक्न आह्वान गरिएको छ । आवेदन फारम समिट माइक्रोफाइनान्सको प्रधान कार्यालय विर्तामोड ७ झापा तथा शाखाहरुमा पाइने बताइएको छ । 

पोखरा फाइनान्स लिमिटेडले एसिस्टेन्ट लेभलका पाँच जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना सिनियर एसिस्नटेन् र चार जना जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले जेठ ४ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत, सहायक अधिकृत र सहायक स्तरका कर्मचारी माग गरेको छ । इच्छुक तथा संस्थाले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ ५ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

आईसीएफसी फाइनान्सले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई मे २१ अर्थात जेठ ७ गते भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले कार्यकारी, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ १० गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चार्टर्ड एकाउन्टेन्ट, ब्रान्च म्यानेजर र सिनियर असिस्टेन पदका लागि कर्मचारी माग गरेको छ । चार्टर्ड एकाउन्टेन्टका लागि सीए तथा एसीसीए उतीर्ण गरी एक वर्षको अनुभव भएको,  ब्रान्च म्याजरका लागि ४ वर्षको अनुभब र स्नात्तक उत्तिर्ण, तथा सिनिएर असिस्टेनका लागि वित्तीय संस्थामा २ वर्ष काम गरेको अनुभव र स्नात्तक उत्तिर्ण गरेको हुनुपर्नेछ  । बैंकको केन्द्रीय कार्यालय डिल्लिबजारमा जेठ १२ भित्रमा आवेदन दिन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]