January 11th, 2018

आईएमई लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा : अध्यक्षमा डा. अर्याल 

आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा पुुस २६ गते बुधबार काठमाडौँको लैनचौर बैङक्वेट्समा सम्पन्न भएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालय सहित  ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराए ।  

कम्पनीले आममानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु  कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बीमा योजनाहरु ल्याउने बताए । कम्पनीमा हालसम्म आबद्ध रहेका एक हजार दुई सय ५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाई व्यबसायमा सक्रिय रुपले सहभागी हुने गरि प्रबिधि र सफ्ट्वयेरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बिमालेख जारी गर्दै आइरहेको समेत उनले जानकारी गराए ।

उक्त वार्षिक साधारणसभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३।७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ । साथमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, ईश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी र संजय अधिकारी तथा विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरिएको छ । नवनिर्वाचित संचालकहरुले बुधबार नै पदवहाली तथा शपथ ग्रहण गरेका छन् । बुधबार नै बसेको संचालक समितिको वैठकले डा. रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा समेत चयन गरेको छ ।

नियमनकारी निकाय बीमा समितीको प्रावधानअनुसार २०७५ साल अषाढ मसान्तसम्मको चुक्तापूँजी कम्तीमा रु. २ अर्ब पुर्याउनु पर्ने  भएकाले सर्बसाधारणलाई सेयर जारी गरी पूजी बृद्धि गर्ने योजना कम्पनीले बनाएको छ ।

अध्यक्ष डा. रामहरी अर्यालले  कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सक्रिय रहेका सम्पुर्ण बिमितहरु, संस्थापक सेयरधनीहरु, कर्मचारी र नियमनकारी  निकाय, बीमा समिती लगायत नेपाल सरकारका बिभिन्न निकायहरुप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]