February 7th, 2018

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने भएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्सले हाल ४२ स्थानमा रहेका बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । 

न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनीको उद्देश्य रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]