December 15th, 2016

अर्थमन्त्रीद्वारा राष्ट्र बैंकको अवलोकन

new-pictureअर्थमन्त्री कृष्ण बहादुर महाराले नेपाल राष्ट्र बैंकको अवलोकन गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री महराले मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, वालुवाटारको स्थलगत अवलोकन गरेका हुन् । २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएका भौतिक संरचना तथा बैंकको वर्तमान अवस्था बारे अर्थमन्त्री महराले अवलोकल गरेका हुन् ।

अवलोकनका क्रममा राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवि नेपालले अर्थमन्त्री महरा समक्ष जनशक्ति संरचना, विभागीय संरचना, वासलात, नाफा नोक्सानको स्थिति, विदेशी मुद्राको लगानी स्थिति, भौतिक पूर्वाधारको अवस्था, वर्तमान आर्थिक स्थिति र बैंकको हालका चुनौतिहरु प्रस्तुत गरेका थिए । 
 

भारतीय नोटका बिषयमा छलफल
अवलोकनका क्रममा अर्थ मन्त्री महरा र राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवि नेपालवीच भारतीय नोटका बिषयमा पनि छलफल भएको छ । भारतीय रुपैँयाको मौज्दात र आपूर्ति व्यवस्थाका सम्बन्धमा अथृ मन्त्री महराले जिज्ञासा राखेका थिए । अर्थामन्त्री महराको जिज्ञासामा गभर्नर डा. नेपालबाट भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारतीय रुपैँया दिन नसकिने जानकारी गराएको अवगत गराएका थिए । new-picture-4अर्थमन्त्री महराले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकारका रुपमा कार्य गर्ने भएकाले यसका अगाडि चुनौति र सम्भावना दुवै रहेको वताए ।

स्थलगत अवलोकन पछि अर्थमन्त्री महराले बैंकको भत्किएका भौतिक संरचनाहरुलाई पुनः निर्माण गर्न निर्देशन दिएका थिए । अर्थमन्त्री महरालाले सेवालाई आधुनिकिकरण र बैंकले बैंकिङ सेवालाई लक्षित वर्गसम्म पुर्याउन सरकार जुनसुकै सहयोग गर्न तयार रहेको वताएका थिए ।

सो अवसरमा नेपाल राष्ट्र बैंकको संचालक समितिमा सदस्य समेत रहेका अर्थ सचिब डा. शान्तराज सुवेदीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकबीच आफूले पुलको भूमिका निर्वाह गरिरहेको वताएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]