July 3rd, 2016

अब फेसबुक ४४ वटा भाषामा

facebookलोकप्रिय सामाजिक सञ्जाल फेसबुकले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ । फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको छ । सामाजिक सञ्जालमा आवद्ध रहेका करौडौं प्रयोगकर्ताहरुले छिटो, छरितो र भरपर्दो तरिकाले आफूले चाहेको समयमा चाहेको ४४ भाषामा उल्था गरेर पोस्ट गर्न गर्न सक्ने दाबी गरेको छ ।

यसअघि उसले गत फेब्रुअरी महिनादेखि यो फिचरलाई प्रयोगकर्तामाझ परीक्षण गरेको थियो । उक्त परीक्षण सफल हुनासाथ उसले यो फिचर ल्याउन लागेको हो । अब फेसबुकले प्रयोगकर्ताले आफूले लेखेको कुनै एक भाषालाई अरु धेरै भाषामा सजिलै उल्था गरेर लेख्न सक्नेछन् । फेसबुकको कुनामा एउटा बक्समा देखिनेछ जहाँबाट प्रयोगकर्ताले आफूले चाहेको भाषा सजिलै छनोट गरेर पोस्ट गर्न पाउनेछन् ।

यस्तै फेसबुकमा बनाइएका पेजका आधिकारिक व्यक्ति वा संस्थाले पनि यो फिचरलाई बहुभाषामा सदुपयोग गर्न सक्नेछन् । यस्तै अवलोकन गर्ने प्रयोगकर्ताले पनि आफूले हेर्न चाहेको भाषामा रोजेर हेर्न सक्नेछन् । ’प्रयोगकर्ताले दैनिकीलाई धेरैभन्दा धेरै प्रभावकारी र अन्तक्रियात्मक बनाउन यो फिचरलाई पछ्याउनेछन्’, फेसबुकले जनाएको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]