June 7th, 2017

अबसर इन्स्योरेन्समा, झण्डै एकहजार जनशक्ति आबश्यक

हालै १० वटा जीवन बीमा कम्पनीले सञ्चालनको अनुमति पाएका छन् । व्यवसाय सुरु गर्न आवश्यक सबै प्रक्रिया पूरा गर्न बीमा समितिले यी कम्पनीहरुलाई तीन महिना समय दिएको छ । यो समयभित्रमा चुक्तापुँजी पुर्याउनेदेखि लिएर कर्मचारी नियुक्तिसम्म सबै काम गरिसक्नुपर्ने दबाब कम्पनीहरुलाई छ । पुँजी जुटाउनभन्दा पनि यति यी जीवन बीमा कम्पनीहरुका लागि टाउको दुखाईको विषय बनिरहेको छ, कर्मचारी नियुक्ति । 

एक बीमा कम्पनीलाई सुरुमा सञ्चालनमा आउन कम्तीमा पनि एक सय जना कर्मचारीको आवश्यकता पर्दछ । यस हिसाबले हेर्दा, यति बेला बीमा क्षेत्रमा कम्तीमा पनि एक हजार कर्मचारीको आवश्यकता छ । बीमा कम्पनीहरुका लागि यो टाउको दुखाईको विषय भएपनि बेरोजगार युवाहरुका लागि भने यो रोजगारी पाउने सुनौलो अवसर हो । हालसम्म त, सिटिजन र आईएमई गरी दुई कम्पनीले मात्रै प्रत्यक्ष रुपमा सूचना जारी गरी कर्मचारी माग गरिरहेका छन् । तर, सबै कम्पनीले कर्मचारी माग गर्नेछन् ।   

दुई कम्पनीमा दरखास्त आह्वान
हाल आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ म्यानेजर सहित केहि संख्यामा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर अन्डरराइटिङ १, म्यानेजर रिइन्स्योरेन्स १, म्यानेजर केम १, म्यानेजर फाइनान्स १, म्यानेजर सेल्स एण्ड मार्के्टिङ १, म्यानेजर एचआर १, म्यानेजर आइसिटी १, अफिसर लिगल/कम्प्लाइन्स १, अफिसर/म्यानेजमेन्ट ट्रेनि र ट्रेनि एस्टिेन्ट केहि संख्यामा माग गरेको हो । न्युनतम स्नातक उर्तीण र सम्बन्धी पदमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने छन् । आवदेकले असार ३ गतेभित्रमा इन्स्योरेन्सको मेल [email protected] मा सम्पूर्ण विवरण सहित आवेदन दिन सक्ने छन् ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा एक सय नौ जना कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यकाबाहिरका लागि २० जना मेनेजमेन्ट ट्रेनी र ५० जना अफिसर ट्रेनी एसिस्टेन्ट माग गरेको छ । त्यस्तै, छ जना मेनेजर, एक जना एक्चुअरी, दुई जना लिगत अफिसरको दरखास्त आव्हान गरिएको छ भने भ्यालीभित्रका लागि १० जना मेनेजमेन्ट ट्रेनी र २० जना अफिसर ट्रेनी एसिस्टेन्ट माग गरिएको छ । मेनेजर पदका लागि कम्पनीले कम्तीमा स्नातक उतीर्ण गरी बैंक तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव माग गरेको छ । लिगल अफिसरका लागि कानुन विषयमा स्नातक गरेको हुनुपर्ने बताइएको छ । अन्य पदका लागि कुनै पनि विषयमा स्नातक गरेको हुनुपर्ने बताइएको छ । अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले प्रष्ट पारेको छ । [email protected] वा POB: 10692 थापाथली काठमाडौँ मार्फत जागीरको लागि एप्लाई गर्न सकिनेछ । यो सूचना प्रकाशित भएको मिति (मे २४)को २५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ ।

बाँकी आठ कम्पनीहरु पनि कर्मचारी नियुक्तिको क्रममा नै रहेकाले छिटै नै विज्ञापन प्रकाशन गरि कर्मचारी माग गर्नेछन् । बीमासम्बन्धी विषयमा शैक्षिक योग्यता हासिल गरेका तथा अनुभव बटुलिसकेका व्यक्तिले तयारी गर्दै गरे हुन्छ । बीमा कम्पनीमा प्रवेश गरेर करिअर बनाउने यो राम्रो अवसर सावित हुन सक्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]