February 13th, 2017

अन्तरबैंक विद्युतीय भुक्तानी सेवा अब एनआईसी एसिया बैंकको मोबाइल बैंकिङमा 

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गमार्फत अन्तरबैंक भुक्तानी प्रदान हुने गरि सेवा विस्तार गरेको छ । उक्त सेवा मार्फत ग्राहकहरुले आफ्नो एनआईसी एशिया बैंकमा रहेको खाताबाट नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकमान्तर गर्न सक्नेछन् । बैंकले यस अघि देखि नै आफ्ना ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग ९ष्त्यगअज०मार्फत ल्ऋज्ी(क्ष्एक्को सेवा प्रदान गर्दै आएको थियो ।

उक्त व्यवस्था पश्चात बैंकको ग्राहकहरुले बैंक धाईराख्नु नपर्ने र आफु रहेको स्थानबाट सजिलैसँग मोबाइल र  इन्टरनेटबाट अन्तरबैंक भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरुको समय वचत हुनुका साथै अन्य खर्च समेत कम हुने हुँदा यसको प्रयोगले ग्राहकहरु निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]