June 14th, 2017

अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले बुढानीलकण्ठ–६, टुसालस्थित “नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको हो                                                                                                                      । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको उक्त सहयोग प्रदान गरेको बताइएको छ । बैंकका तर्फवाट बैंकका प्रमुख व्यवस्थापक बिपिन हाडाले बालबालिकाहरुलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।  

बाल सुधार गृहका संचालक श्री प्रजापति नेपालीले बैंकले गरेको यस सहायता प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा समेत बाल गृहलाई बैंकको सहयोग जारी रहने विश्वास ब्यक्त गरे । देशका विभिन्न स्थानका अनाथ तथा असहाय बालबालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]