November 12th, 2017

अधिकांश वाणिज्य बैंकको खस्कियो नाफा

बैंकिङ खबर । बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । हालसम्म २५ वटा बैंकले विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार, केही बैंकहरुको मुनाफा सन्तोषजनक भएपनि केही बैंकले लगानीकर्तालाई निराश बनाएका छन् । वित्तीय विवरण सार्वजनिक भइसकेका २३ वटा बैंकमध्ये, १४ वटा कम्पनीको नाफा बढेको छ भने ११ वटा बैंकको नाफा घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफ आर्जन गरेको छ । जनता बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा बढी भएपनि चालू आर्थिक वर्षमा अन्य बैंकहरुले कमाएको नाफाको तुलनामा सबैभन्दा कम रहेको छ । बैंकले तीन महिनामा छ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसबाहेक, २१ वटा बैंकको नाफा बढेको छ । नाफा घटाएका ११ बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ ः

बैंकको नाफामा गिरावट
१० वटा बैंकको नाफा घटेको छ । मेगा बैंक, कुरमाी बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकको नाफा घटेको हो ।

मेगा बैंकको प्रदर्शन दयनीय
नविल बैंकले पहिलो त्रैमासमा नै झन्डै अर्बनजिक नाफा पुर्याउँदा मेगा बैंकको प्रदर्शन भने अत्यन्तै दयनीय देखिएको छ । बैंकले पहिलो त्रैमासमा जम्मा आठ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ७४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकको निष्कृय कर्जा एक दशमलव ६७ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १० दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी वार्षिक एक दशमलव ७७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २९ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिकोा तुलनामा १८ दशमलव २४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारीले १३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी सात दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४१ दशमलव ०१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४५ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ९७ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव २५ प्रतिशत रहेको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आथिक वर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बंगलादेश बैंकले २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब आठ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४३ प्रतिशतले घटेर शुन्य दशमलव ४३ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति चार दशमलव ०२ प्रतिशतले बढेर १४ दशमलव ६३ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक आठ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३१ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ४८ प्रतिशत रहेको छ ।

सनराइज बैंक लिमिटेड
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंक लिमिटेडले २० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै पाँच करोड रुपैयाँ कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंकले २५ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको प्रतिसेयर आम्दानी नौ रुपैयाँ ९९ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २१ रुपैयाँ ०६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३२.०४, तरलता अनुपात २८.२६ र आम्दानी अनुपात ३३.१२ रहेको छ । त्यस्तै, बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने जोखियुक्त सम्पत्ति १४.२७ प्रतिशत रहेको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकले चालु आवको पहिलो तीन महिनामा २१ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १४ करोड रुपैयाँ कम नाफा कमाएके हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा सिद्धार्थ बैंकले ३५ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको खराब कर्जा १.५९ प्रतिशतबाट बढेर २.०१ प्रतिशत पुगेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डू लिमिटेडले २२ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ३२ प्रतिशतलृ घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले २७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ६२ करोड चुक्तापूँजी भएको बैंकको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत आवको सो अवधिमा २३ रुपैंया ६८ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको यो वर्ष प्रतिशेयर आम्दानी १५ रुपैंया ९२ पैसामा सीमित भएको छ । त्यस्तै बैंकको निष्कृय कर्जा अनुपात १ दशमलव १२ प्रतिशतबाट बढेर २ दशमलव शून्य ८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैंया ५० पैसा र मूल्य आम्दानी अनुपात २७ दशमलव ८३ गुणा रहेको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव २३ प्रतिशतले कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २८ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निष्कृय कर्जा तीन दशमलब ३१ प्रतिशतले घटेर चार दशमलव २३ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव ५१ प्रतिशतले बढेर ११ दशमलव ०२ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ १४७ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ५० प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्सले ३४ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब दुई करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिमयुक्त सम्पत्ति १६.०१ प्रतिशत र निष्कृय कर्जा १.९९ प्रतिशत रहेको छ । त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १५ दशमलव ९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९ दशलमव ३१ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २१ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २३ दशमल ३८ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ०९ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकले ४२ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब आठ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिम युक्त सम्पत्ति शुन्य दशमलव ३९ प्रतिशतले घटेर ११ दशमलव ५४ प्रतिशत कायम भएको छ भने निष्कृय कर्जा पनि शुन्य दशमलव १४ प्रतिशतले घटेर एक दशमलव ५७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५४ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ८१ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले तीन महिनामा ३६ करोड ३९ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८३ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कृषि विकास बैंकले ४२ करोड २३ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सात अर्ब आठ करोड ७६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा, मूल्य आम्दानी अनुपात २८.१६ र प्रतिसेयर नेटवर्थ दुई सय ४३ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा ३.८३ प्रतिशतबाट घटेर ३.५४ प्रतिशत कायम भएको छ ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ४६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएकोबैंकको प्रतिसेयर आम्दानी २५ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३५ दशमलव ३५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८७ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २० दशमलव ६९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव २४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ९८ प्रतिशत रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]