December 18th, 2017

अघि बढ्यो आईएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्काशन प्रक्रिया, नियुक्त गर्यो विक्री प्रबन्धक

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पानीको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक साधारणसभाको निर्णयानुसार हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले ग्लोवल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौतापत्रमा सोमबार इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे ।

कम्पनीको चुक्ता पूंजी वृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिंदै आज संझौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी रु. ९७ करोड २० लाख पुग्ने र तत् पश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अरब २ करोड ६ लाख पुर्याउने गरी पूंजी बृद्धि योजना बीमा समितिमा पेश गरिएको बताए ।

कम्पनीले गुणस्तरीय सेवामा वृद्धि गर्दै ग्राहक महानुभावरुलाई चुस्त सेवा प्रदान गर्नको लागि ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]