August 5th, 2017

२४ बर्षमै अर्बपति, सन्सार हल्लाउने को हुन् यी नारी ?

अहिले जताततै एक चिनियाँ युवतीको चर्चा छ । चीनकी २४ बर्षीया पेरेन्ना होई टिंग विश्वकै सबैभन्दा कम उमेर अर्वपति बनेर चर्चाको शिखरमा पुगेकी हुन् । सानो उमेरमा नै १.३ अर्ब डलर सम्पत्ति कमाएकी उनी अहिले युवाहरुको लागि प्रेरणाको स्रोत बनेकी छिन् । यसअघि, फेसबुकका सहसंस्थापक डस्टिन मोस्कोवित्ज संसारकै कम उमेरका अर्वपति थिए । पेरेन्ना विश्वका अर्वपतिहरुको सूचिमा पहिलोपटक प्रवेश गरेकी हुन् । 

को हुन्, पेरेन्ना ?
पेरेन्ना चीनको रियल एस्टेट डेवलपर लोगान प्रोपर्टीकी अध्यक्ष र मुख्य कार्यकारी अधिकारी जी हैपेङकी छोरी हुन् भने सोही कम्पनीमा कार्यकारी निर्देशक छिन् । उक्त कम्पनीमा उनको ८५ प्रतिशत सेयर रहेको छ । उनी लण्डन विश्वविद्यालयबाट फाइनान्स र अर्थशास्त्र विषयमा स्नातक गरेकी छिन् । हाल उनी हङकङमा बस्दै आएकी छिन् । पेरेन्ना युवा अर्वपतिहरुको सूचिमा अटाएकी एक मात्र चिनियाँ समेत हुन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]