December 29th, 2016

२० प्रतिशत बोनस सेयर जारी गर्दै प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको २३ औं बार्षिक साधारणसभाबाट हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत रकमबाट हुन आउने ७ करोड ४७ लाख ५० हजार ६ सय ८० रुपैंया वोनस सेयर जारी गर्ने निर्णय गरेको हो । वोनस सेयर जार पश्चात् कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख ३ हजार ८ सय रुपैंया हुनेछ । प्रिमियर कम्पनी नेपालले गत आार्थिक बर्षमा १८ करोड ४७ लाख ६ सय ५ रुपैंया खुद मूनाफा कमाएको छ । कम्पनीले गत आ.व.मा १ अर्ब ४१ लाख ६० हजार आर्जन गरी उक्त मूनाफा कमाएको हो । साथै कम्पनीको अधिकृत पूँज रु.७५ करोडबाट बृद्धिभई २ अर्ब रुपैंया पुग्नेछ । हाल रहेको जारी पूँजी ५० करोडबाट वोनस सेयर जारी पछि १ अर्ब ५० करोड पुर्याउने निर्णय साधारणसभाले गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले २०७२ साल बैसाख १२ गते गएको बिनासकारी महा–भूकम्पका कारणले कूल ८ सय ७७ दावी परेका मध्ये हाल सम्म ९२ प्रतिशत दावी भुक्तानी गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]