January 16th, 2018

१७.३९ अंकले घट्यो सेयर बजार, २१ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । मंगलबार सेयर बजार १७.३९ अंकले घटेर १४१३.७१ अंकमा कायम भएको छ । सबै उपसूचकहरु राताम्मे भएका छन् । जलसवद्युत् समूह सबैभन्दा धेरै १००.०८ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १२.३, २.८७, ५.२७, १५.९८, ३.९२, ८८.६, ३.३४, ९.१६ र १७.७ अंकले घटेका छन् । 

दिनभरिमा १५४ वटा कम्पनीको आठ लाख ११ हजार सात सय ५९ कित्ता सेयर चार हजार चार सय २१ पटक खरिदविक्री हुँदा ३६ करोड २२ लाख ८५ हजार ९२ रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रोको पाँच करोड तथा नविल बैंक, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने गुराँस लाइफ इन्स्योरेन्स प्रोमोटर र स्टान्डर्ड चार्टर्ड बैंकको एक करोडमाथिको कारोबार भएकोा छ । एभरेष्ट इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कामना सेवा विकास बैंकको क्रमशः ९४ लाख, ९० लाख, ८९ लाख र ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

जम्मा २१ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै एनआईबिएल प्रगति फण्डका सेयरधनीले ४.०२ प्रतिशतका दरले कमाएका छन् । महुली सामुदायिक लघुवित्त, हिमालयन डिस्टीलरी, सूर्योदय लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, जलविद्युत् लगानी तथा विकास कोष, लक्ष्मी बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिन्धु विकास बैंक, चिलिमे हाइड्रो र बुटवल पावर कम्पनीका सेयरधनीले सात प्रतिशत तथा सिद्धार्थ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । काबेली विकास बैंक, सानिमा माई हाइड्रो, पोखरा फाइनान्स, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]