September 6th, 2017

११ वटा बैंकको खराब कर्जा एक प्रतिशत भन्दा थोरै

बैंकिङ खबर / पछिल्लो समय पुँजीवृद्धि, शाखा तथा व्यवसाय विस्तार, वित्तीय साक्षरता अभिवृद्धि, बैंकिङ प्रविधिको प्रयोगमा जोड लगायतका कारणले बैंकिङ क्षेत्र सबल बन्दै गइरहेको छ । बैंकहरुले नाफा बढाउँदै लगेका छन् भने खराब कर्जाको अनुपातलाई घटाउँदै लगेका छन् । गत आर्थिक वर्षमा २२ वटा बैंकहरुको खराब कर्जा घटेको छ । नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सिभिल बैंक र एनसीसी बैंकको खराब कर्जा भने गत आर्थिक वर्षको तुलनामा बढेको छ ।

११ बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम
१० वटा बैंकको खराब कर्जा एक प्रतिशतभन्दा पनि कम रहेको छ । सानिमा बैंकको निष्कृय कर्जा सबैभन्दा कम शुन्य दशमलव ०१ प्रतिशत रहेको छ । त्यसपछि नेपाल एसबिआई बैंकको खराब कर्जा शून्य दशमलव १० प्रतिशत रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १९ प्रतिशतमा झारेको छ । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य ३६ प्रतिशतमा झारेको छ भने माछापूछ्रे बैंकको निष्कृय कर्जा शुन्य दशमलव १८ प्रतिशतले घटेर शुन्य दशमलव ३७ प्रतिशत कायम भएको छ । एभरेष्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशतमा कायम भएको छ भने प्राइम कमर्सियल बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४५ प्रतिशतले घटेर शुन्य दशमलव ७८ प्रतिशत कायम भएको छ । हिमालयन बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३६ प्रतिशतले घटेर शुन्य दशमलव ८७ प्रतिशत कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएपनि नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकको खराब कर्जा पनि एक प्रतिशतभन्दा तल रहेको छ । नेपाल बङ्गलादेश बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०५ प्रतिशतले बढेर शुन्य दशमलव ७६ प्रतिशत पुगेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा ०.६८ प्रतिशतबाट बढेर ०.८३ प्रतिशत पुगेको छ भने लक्ष्मी बैंकको निष्कृय कर्जा शुन्य दशमलव १३ प्रतिशतले बढेर शुन्य ९३ प्रतिशत पुगेको छ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]