नयाँ भारु नोटको प्रतिबन्ध तत्काल नहट्ने

भारु प्रतिवन्ध रहिरहँदा नेपाललाई ठूलो असर पर्ने भएपछि नेपाल राष्ट्र बैंकले भारु नोटको सटही व्यवस्था गरिदिन भन्दै भारतको केन्द्रिय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबिआई)लाई पत्राचार गरेको छ। भारु नोट सटहीका लागि आग्रह गरे पनि भारत भने तत्काल सो सुविधा दिने पक्षमा देखिएको छैन। 

 


हाम्रो बारे

सम्पूर्ण बैंक वित्तको साझा सूचना केन्द्र

हरेक देशको समृद्धि अर्थतन्त्रसँग जोडिएको हुन्छ र हरेक नागरिकको उन्नत भविश्य पनि अर्थतन्त्रसँगै जोडिएको हुन्छ । समग्र अर्थतन्त्र मुलतः पैसाको माध्यमबाट सुचारु भएको हुन्छ । कुनै समय पैसाविनै पनि विनीमय हुन्थ्यो होला, तर अब त्यो सन्सारमै सम्भव छैन । आज सन्सारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् । यस अर्थ अर्थतन्त्रको विकासमा पैसाको परिचालन महत्वपूर्ण हुन आउँछ । नेपालमा अहिले पनि विभिन्न ग्रामिण क्षेत्रमा पैसालाई सिरानी मुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्काएको अबस्था छ । यसले वित्तिय साक्षरताको आवश्यकतालाई टड्कारो रुपमा प्रष्ट पारेको देखिन्छ । हामीसँग भएको पुँजी परिचालन गर्न नसक्दा विकासका काममा आबश्यक पर्ने पुँजी संचय हुन सक्दैन, घरमा राखेको पैसा सुरक्षित हुन सक्दैन र घरभित्रको पैसाले अरु पैसा आर्जन गर्न पनि सक्दैन भन्ने कुरा समेत ग्रामिण क्षेत्रमा थोरै थाहा छ । त्यसका अतिरिक्त शहरी भेगलाई केन्द्रीत गरेर आज बैंक तथा वित्तिय संस्थाहरुले जे जति टेक्नोजोलीको प्रयोग गरेका छन् त्यसको भरपुर प्रयोग गर्न प्रयोगकर्ताहरुले नसकेको अबस्था छ । इ बैंकिङ, मोवाइल बैंकिङ तथा विभिन्न कार्ड मार्फतको वित्तिय कारोवार शहरमा पनि प्रसस्त हुन सकेको छैन । यसले के देखाउँछ भने टेक्नोलोजिको विकासलाई हामी पूर्ण रुपमा उपभोग गर्न सकिरहेका छैनौं । त्यसमाथि विमाको महत्व र आबश्यकताबारे प्रयाप्त जानकारी गराउनु अर्को आबश्यकता बनेको छ भने विदेशबाट रकम पठाउँदा बैधानिक बाटोबाट पठाउन र हुण्डीलाई निरुत्साहित गर्न पनि उत्तिकै आबश्यकता खट्केको छ । माथि उल्लेखित विभिन्न पक्षहरुलाई आधार मान्दा बैंकसम्म खाता नभएकाहरुलाई खाता खोल्न प्रेरित गर्ने, वित्तिय जानकारी नभएकाहरुलाई वित्तिय जानकारी गराउने, केन्द्रीय बैंक लगायत सबै बैंकिङ, विमा र वित्तिय सुचना एउटै ठाउँबाट प्रसस्त उपलव्ध गराउने, विभिन्न बैंक वित्तको अबस्था, बैंक वित्तबाट भएका गतिविधि, सूचना, आदीको उपलव्ध गराउने तथा बैंक वित्तबाट कुनै ग्राहक ठगिएको छ वा समस्यामा परेको अबस्था छ भने पनि उनीहरुको गुनासा र समस्याहरुलाई समेत सुनुवाइका लागि अघि सार्ने प्रयासमा हामी रहने छौं । यो यात्रामा होमिएको टिम नेपाली पत्रकारिताको बलियो विश्वसनियतामा रहेर २४ सै घन्टा बैंक वित्तिय क्षेत्रका गतिविधि र सूचना संप्रेषणमा सक्रिय रहने छ । यस www.bankingkhabar.com लाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै लगिने र बैंक–वित्त सम्बन्धि सबै सूचना, समाचार, साथै वित्तिय साक्षरतामा समर्पित भएर अर्थतन्त्रको विकासमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौं । देश भित्र र सन्सारभरीका विभिन्न कुनाबाट बैंकिङ सूचना लिन र दिनका लागि हामी हरेक नेपालीलाई अनुरोध गर्न चाहान्छौं । खासगरी एउटै साइटबाट सम्पूर्ण बैकिङ सूचना प्राप्तिको आधारका रुपमा बैकिङ खबर डटकम सुरु गरिएको हुँदा सबै बैकिङ क्षेत्रको साझा सूचना केन्द्रका रुपमा काम गर्ने हाम्रो प्रतिबद्धता रहने छ ।