July 17th, 2017

सेयर बजारले नाघ्यो १६ सयको विन्दु, हिमालयन डिस्टीलरीका सेयरधनीले कमाए 

सामान्य वृद्धिसँगै साताको सुरुवात गरेको सेयर बजारले सोमबार १६ सयको विन्दु पार गरेको छ । नेप्से परिसूचक २०.५८ अंकले बढेर १६०४.१५ अंकमा पुगेको छ । सबै उपसूचकहरु हरियो भएका छन् । सबैभन्दा धेरै बीमा समूह ९५.३५ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २१.८३, २६.३९, २९.५७, ९.१८, ५.२३, २७.०४ र १.१६ अंकले बढेका छन् । 

परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन । आइतबार ६८ करोडको कारोबार भएको बजारमा सोमबार ६९ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १५४ वटा कम्पनीको २० लाख १२ हजार चार सय १५ कित्ता सेयर छ हजार छ सय ३५ पटक खरिदविक्री हुँदा कुल ६९ करोड ४३ लाख ६९ हजार चार सय ३५ रुपैयाँको कारोबार भएको हो । 

सोमबार सबैभन्दा धेरै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको चार करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, कुबेर मर्चेन्ट फाइनान्स प्रोमोटर र सानिमा बैंकको तीन करोडमाथिको सेयर कारोबार भएको् छ । प्राइम लाइफ इन्स्योरेन्स, जनता बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटरको दुई करोडमाथिको कारोबार भएको छ भने नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

हिमालयन डिस्टीलरीका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा नेशनल माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, सिनर्जी पावर, किसान माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स, लक्ष्मी भ्यालु फण्ड र सूर्या लाइफ इन्स्योरेन्सले क्रमशः ८.१४, ७.४०, ७.२९, ६.६४, ६.३०, ६.१९, ६.१२ र ५.०० प्रतिशतका दरले कमाएका छन् । सिभिल बैंक, नविल बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

जम्मा २७ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् भने सोही कम्पनीका प्रोमोटर सेयरधनीले ४.७६ प्रतिशतका दरले गुमाएका छन् । एभरेष्ट बैंक (सीपी), काबेली विकास बैंक, दिव्यश्वरी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक प्रोमोटर, रिलायन्स फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]