July 17th, 2017

सेञ्चुरी बैंकको हकप्रद १६ गतेदेखि, इन्नोभेटिभ र अरनिकोका सेयरधनीले पाउने कि नपाउने ?

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यही साउन १६ गतेदेखि १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंक्ले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

इन्नोभेटिभ र अरनिकोका सेयरधनीले पनि पाउने
भदौ १८ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् । 

कहाँबाट दिने आवेदन ?
सिभिल क्यापिटल मार्केट लिमिटेड, सीटीसी मल सुन्धारा, काठमाडौं र सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयहरुबाट बैंकको हकप्रदमा आवेदन दिन पाइनेछ । 

सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ । सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्री पश्चात सेञ्चुरीको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पूँजी आठ अर्ब पुर्याउने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]